दार्जिलिङ: कोलकोताको घटनालाई लिएर दार्जिलिङ जिल्ला अस्पतालका डाक्टरहरूले पनि आज विरोध प्रदर्शन गरेका छन्। कोलकोता घटनाको विरोधमा दार्जिलिङ जिल्ला अस्पतालको डाक्टरहरूले विरोध जनाउँदै आज एक घण्टाको लागि अस्पतालको ओपीडी र क्लिनिक बन्द गरेका थिए भने आपतकालीन सेवा भने खुल्ला नै राखिएको थियो। जिल्ला अस्पतालका डाक्टरहरूले बाहिरपट्टि विरोध प्रदर्शन गर्दै न्यायको लागि नारा लगाएका थिए। डाक्टरहरूले कलकोता घटनामा न्याय पाउनु पर्ने मांग गरेका छन्। यस विषयमा एकजना डाक्टरले पत्रकारहरूसित कुराकानी गर्दै कोलकोता घटनाको विरोध जनाउँदै न्यायको लागि मांग गरिएको बताएका छन्। उनले डाक्टरहरू पनि मानिस नै हो र डाक्टरहरूको पनि परिवारहरू छन् र डाक्टरहरूले न्याय पाउनुपर्छ भनी बताएका छन्।