सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज, दार्जिलिङले आरजी कार मेडिकल कलेजमा तालिम लिइरहेका एक महिला डाक्टरमाथि भएको निर्ममताको विरोधमा आज र्याली निकालेर यस घटनाको कडा विरोध गरेको छ। र्यालीमार्फत दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरिएको थियो।









