शूटर मनु भाकरले आउँदो वर्ल्ड कपमा हिस्सा नलिने सम्भावना

IMG-20240813-WA0111

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा २ वटा पदकको साथ इतिहास रच्ने शूटर मनु भाकरले अक्टोबरमा हुने वर्ल्ड कपमा हिस्सा लिने सम्भा्वना कम्ती नै रहेको छ। भाकरका प्रशिक्षक जसपाल राणाले बताएअनुसार, उनी वर्ल्ड कपबाट बाहिर रहने सम्भावना छ। पेरिस ओलम्पिकमा २२ वर्षीय भारतीय शूटरले पहिला महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितेकी थिइन्। त्यसको लगत्तै मनुले सरबजोत सिंहसँग १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा पनि काँस्य पदक जितेर इतिहास रचेकी थिइन्। उनी एउटा ओलम्पिकमा २ वटा पदक जित्ने पहिलो भारतीय हुन्। पेरिसबाट घर फर्किएपछि मनुले ३ महिना ब्रेक लिने फसेला गरेकी छन्। राणाले भने, उनले अक्टोबरमा हुने वर्ल्ड कपमा हिस्सा लिनेछन् या छैनन् भन्ने मलाई थाहा छैन कारण उनले ३ महिना खेलबाट ब्रेक लिइरहेकी छन्। यो एउटा सामान्य ब्रेक हुनेछ कारण उनले लामो समयदेखि प्रशिक्षण लिइरहेकी छन्। शूटिंग वर्ल्ड कपको आयोजन १३-देखि १८ अक्टोबरसम्म नयाँ दिल्लीमा हुनेछ। तीन साल अघि टोक्योको निराशापछि पेरिस ओलम्पिकमा मनु भाकरको सफलतापछि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक राणाले बताएअनुसार, ब्रेकपछि उनले २०२६ एशियन गेम्स र कमनवेल्थ गेम्सको निम्ति तयारी शुरु गर्नेछिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *