खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रमा यसपाली स्वतन्त्रता दिवस समारोह आयोजना गरिने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले जानकारी गराउँदै यसपाली तीनधारे क्षेत्रमा कुनै संघ संस्थाहरूले स्वतन्त्रता दिवस पालन गर्न कुनै पहल नगरेपछि घैयाबारी ग्राम पञ्चायत दुईद्वारा ब्रदरवुडसित मिलेर संयुक्त रुपमा आयोजना गरिने भएको बताएका छन्। उनले यसपाली पनि गत वर्ष झैं यसपाली पनि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा स्वतन्त्रता दिवस पालन गरिने भएको बताएका छन्। थापाले बताए अनुसार यसपाली ब्रदरवुड तीनधारेको आयोजनामा भईरहेको स्वतन्त्रता दिवस नक आउट फुटबल प्रतियोगिताको फाइनल खेल १५ अगस्तमा मै हुने र यसको पूर्ण बिहान १० बजेदेखि मिठाईडाँड़ा खेल मैदानमा नै स्वतन्त्रता दिवस समारोह आयोजना गरिने भएको छ। उनले स्वतन्त्रता दिवसक अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू लगायत देश भक्ति गीतहरू प्रस्तुत गरिने भएको छ। त्यसरी नै म्युजिकल चेयर्स, डोरी तान्ने, अण्डर १३ क लागि १०० मीटर दौड, १० वर्ष मुनिका नानीहरूका लागि दौड लगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी गराएका छन्। उनले यस स्वतन्त्रता दिवस समारोहमा भाग लिन चाहानेहरू मिठाईडाँड़ा खेल मैदानमा बिहान उपस्थित भईदिने अनुरोध गरेका छन्। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यहरू क्रमैले अजय विश्वकर्म, योगराज प्रधान, पुष्पकुमारी प्रधान, दिपेन्द्र तामाङ, बिनीता गजमेर, दावा दोर्जे, सुस्मिता गजमेर पनि उपस्थित रहेका थिए।