रोहित र कोहलीले अझ केही साल क्रिकेट खेल्न सक्ने हरभजन सिंहको दावी

IMG-20240813-WA0071

नयाँ दिल्ली: भारतका पूर्व अफ् स्पिनर हरभजन सिंहको भनाइअनुसार, विराट कोहलीले आफ्नो असाधारण फिटनेसको साथ आउँदो ५ सालसम्म अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त कार्यक्रमसँग सजिलै तालमेल मिलाउन सक्नेछन् जबकि टेस्ट र वनडे टीमका कप्तान रोहित शर्मा पनि आउँदो २ सालसम्म सजिलैसँग खेल्न सक्नेछन्। हरभजनले भने, रोहितले अझ २ साल खेल्न सक्छन्। यसबाहेक कोहलीको फिटनेसको तुलना कसैसँग गर्न सकिँदैन। यसैकारण उनलाई अझ ५ साल खेलिरहेको देख्न सकिन्छ। उनी अहिले पनि टीमका शायद सबैभन्दा फिट खेलाड़ी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा ७०० भन्दा अधिक विकेट लिने यस पूर्व अफ् स्पिनरले भने, फिटनेसको मामिलामा कोहलीले अहिले पनि कुनै १९ वर्षका युवालाई परास्त गर्नेछन्। उनी शत प्रतिशत फिट छन्। मेरो विचारमा कोहली र रोहितमा अझ धेरै क्रिकेट रहेको छ। कहिलेसम्म क्रिकेट खेल्न जारी राख्नेछन् भन्ने उनीहरूले नै तय गर्नेछन्। यी दुईजना फिट रहे अनि टीमको सफलतामा योगदान दिन सके उनीहरूले खेल्नु जारी राख्नु पर्नेछ। हरभजनले विशेषगरी टेस्ट क्रिकेटमा टीमलाई यी दुईजनाको आवश्यकता रहेको बताए। भज्जीले भने, रातो बलको प्रारूपमा टीमलाई यी दुईको आवश्यकता छ। यसबाहेक कुनै पनि प्रारूपमा टीमलाई अनुभवको आवश्यकता हुन्छ। टीममा युवा खेलाड़ीहरूका प्रतिभालाई सही दिशामा अघि बढ़ाउन अनुभवी खेलाड़ीहरूको आवश्यकता हुन्छ। श्रीलंकाविरुद्ध हालै वनडे सीरीजमा ०-२-को हारलाई हरभजन अधिक गम्भीरतापूर्वक लिन चाहँदैनन्। उनले भने, यसलाई लिएर धेर सोच्नु हुँदैन। एउटा टीमको रूपमा धेरै सीरीज जितिन्छ भने केही हारिन्छ पनि। यही खेल हो अनि हरेक टीमले यस्तो स्थितिको सामना गर्नु पर्छ। यसको निम्ति म श्रीलंकालाई श्रेय दिन चाहन्छु, जसले भारतभन्दा असल प्रदर्शन गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement