सफलताको इतिहास रचे पनि विवादको केन्द्र रह्यो पेरिस ओलम्पिक

photocollage_20248131293048

नयाँ दिल्ली: भव्य समापन समारोहको साथ पेरिस ओलम्पिक २०२४ समाप्त भयो। दुई हप्ताभन्दा अधिक समयसम्म चलेको यस खेल महाकुम्भमा सम्पूर्ण विश्वको नजर थियो। पेरिस ओलम्पिकमा १२६ वटा पदक (४० स्वर्ण, ४४ रजत र ४२ काँस्य)-को साथ अमेरिका सबैभन्दा सफल टीम बन्यो। चीन यस सूचीमा दोस्रो स्थानमा रह्यो जबकि भारतले ७१औं स्थान हासिल गऱ्यो। भारतले पेरिस ओलम्पिकमा एउटा रजत र ५ वटा काँस्यको साथमा जम्मा ६ वटा पदक जित्यो। पेरिस ओलम्पिकमा केही विवाद पनि चर्चाको विषय बन्यो। ओलम्पिक समाप्त भएपछि पनि केही विवाद चर्चाममा रहेको छ। भारतीय महिला पहलवान विनेश फोगाटलाई ५० किग्रा वर्गको फ्रीस्टाइल कुश्तीको फाइनल अघि अयोग्य घोषित गरियो। फाइनल अघि उनको ओजन १०० ग्राम अधिक पाइएको थियो। त्यसपछि उनले खेल पञ्चाट (सीएएस)-मा संयुक्त रजत पदकको निम्ति अपील गरेकी थिइन्। यसबारे फसेला मंगलवार साँझसम्म सुनाइने सम्भावना छ। फाइनलबाट बाहिर भएको लगत्तै पछि विनेशले सोशल मीडियाको माध्यमले खेलबाट सन्न्यासको घोषणा गरेकी थिइन्।
प्याराग्वेकी स्वीमर लुआना अलोन्सोलाई ओलम्पिकको बीचमा स्वदेश पठाइएको खबर पनि चर्चाको विषय बन्यो। यस २० वर्षीय स्वीमरलाई अत्याधिक सुन्दर भएको अनि खेल गाउँमा अन्य खेलाड़ीहरूका ध्यान भंग गरेको आरोपमा स्वदेश पठाइएको थियो। महिलाहरूकी १०० मीटर बटरफ्लाई स्पर्धाको सेमिफाइनलमा स्थान बनाउन असफल भएको केही समयपछि लुआना अलोन्सोले खेलबाट सन्न्यासको घोषणा गरेकी थिइन्। यसरी पेरिस ओलम्पिकमा लैंगिक योग्यताको मामिला पनि चर्चामा रह्यो। वास्तवमा आफ्नो प्रतिद्वन्द्वीहरूलाई खेदी खेदी पिट्ने अल्जेरियाकी बक्सर इमाने खेलीफ र चाइनी ताइपेकी बक्सर लिन यू टिंगलाई लिएर पेरिसमा निक्कै विवाद भयो। धेरैले यी दुईलाई पुरुष भनेर पनि सम्बोधित गरे। खेलीफले पछिबाट महिलाहरूकी वेल्टरवेट वर्गमा स्वर्ण पदक पनि जितिन्। मामिलालाई शान्त गर्न अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-का अध्यक्ष थोमस बाक पनि अघि आउनु परेको थियो। खेलीफले पछिबाट अनलाइन उत्पीड़नविरुद्ध फ्रान्समा कानूनी मामिला पनि दर्ता गरेकी थिइन्।
यसरी अमेरिकाकी जिम्नास्ट जोर्डन चाइल्सलाई फ्लोर एक्सरसाइजमा जितेको काँस्य पदक फर्काउने आदेश दिइयो। उनको स्थानमा एना बारबोसुलाई काँस्य पदक दिइनेछ। वास्तवमा स्पर्धाको फाइनल राउण्डमा जोर्डनले १३.७६६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेर काँस्य पदक जितेकी थिइन्। पछिबाट खेल पञ्चाट (सीएएस)-ले निर्णयलाई बद्लियो। एनाले चाइल्सलाई गलत तरिकाले पोइण्ट्स दिइएको आरोप लगाएकी थिइन्। यसरी अष्ट्रेलियाई पुरुष हकी टीमका २८ वर्षीय खेलाड़ी टम क्रेगलाई पेरिस पुलिसले खेल गाउँ बाहिर १७ वर्षीय एकजना युवकबाट कोकीन खरीद गर्दा पक्राउ गरेको थियो। पुलिसले पछिबाट कुनै मामिला दर्ता नगरी उनलाई छोड़ेको थियो। त्यस घटनापछि अष्ट्रेलियाको ओलम्पिक समितिले उनलाई बाहिर गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement