फाइनलमा डीएसए र नक्सल ग्रेफबीच भिड़न्त तय

photocollage_2024813105627623

जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको आयोजनमा जारी ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले फाइनलमा स्थान बनायो। झोलुंग खेल मैदानमा सोमवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा डीएसए-ले बीरपाड़ा स्पोर्ट्स कोचिंग क्याम्पलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट समीर राई र राज हेम्बरामले २-२ गोल गरे। यसरी बीरपाड़ाको टीमबाट प्रभात तामाङ र जितेश्वरले १-१ गोल गरे। विजेता टीमका रोहित राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसअघि खेलिएको पहिलो सेमिफाइनलमा नक्सल ग्रेफले किलचिनीको टीमलाई ३-१-ले पराजित गऱ्यो। अब बिहीवार खेलिने फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र नक्सल ग्रेफबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल म्याच दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिको पक्षमा रतन लामाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement