लालमान सन्चरानी अनि बीबी मुरिङला स्मृति पुरस्कारको घोषणा

IMG-20240812-WA0273

गान्तोक: लालमान सन्चरानी स्मृति पुरस्कार वर्ष २०२४ र साहित्यकार बीबी मुरिङ्लाको नाममा स्मरण भाषाविद् स्मृति पुरस्कार दिने घोषणा भएको छ। सोमबार पश्चिम सिक्किम साहित्य प्रकाशनमा बसेको एउटा सभाले उक्त घोषणा गरेको हो। प्रकाशनको पुरस्कार चयन समिति एवं प्रकाशककी महासचिव फूर्बा खाण्डु गुरुङ अनि साहित्यकार एवं पुरस्कार चयन समितिका सदस्य गोवर्धन बास्तोलाले घोषणा गरे। यस वर्षको लालमान- सन्चरानी स्मृति पुरस्कार कथा विद्यामा चयन भएको छ भने चयन समितिले गान्तोक निवासी गीताश्री उपाध्यायलाई उनको कथा समयका रेखाहरुलाई छनौट गरेको छ। यसैगरी अर्को एउटा पुरस्कार साहित्यकार बीबी मुरिङ्लाको नाममा स्मरण भाषाविद स्मृति पुरस्कार थपिएको छ भने उक्त पुरस्कार कविता विधामा चयन भएको छ जसमा मिरिक निवासी कमला तामाङलाई उनको कविता अक्षर अंगालोका लागि चयन गरिएको छ। लालमान सन्चरानी स्मृति पुरस्कारसँगै यस वर्षदेखि अझै एउटा पुरस्कार थप गरेर डाक्टर शोभा कान्ति थेगिम लेप्चा मेमोरियल ट्रस्टले
लालमान सञ्चरानी स्मृति पुरस्कार प्रायोजकका परिवारबाट स्वीकृति पाएर पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङले आगामी ३३औं नेपाली भाषा मान्यता दिवसमा उक्त दुईवटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। डा. शोभाकान्ति (लेप्चा) मेमोरियल ट्रस्टले लिम्बु लिपिकार अनि साहित्यकार बीबी मुरिङ्लाको स्मरणमा भाषाविद स्मृति पुरस्कार दिने निर्णय गरेको छ। लालमान सञ्चरानी स्मृति पुरस्कारलाई भने परिवारबाट निरन्तरता दिने भएको यो पनि एउटा उदाहरणीय कार्य भएकोमा पश्चिम सिक्किम साहित्य प्रकाशनले आभार व्यक्त गरेको छ। यस विषयलाई मध्यनजर राख्दै प्रकाशन कार्यालयमा बसेको एक सभाले उक्त दुइवटा पुरस्कारको चयन पछि घोषणा गरेको हो।

About Author

Advertisement