पाकिम: लागुऔषध विरुद्ध लड़ने र लागुऔषधमुक्त समाज निर्माण गर्ने प्रतिज्ञाकासाथ आज जिल्ला प्रशासनका अधिकारी अनि कर्मचारीहरूले शपथ ग्रहण गरे। भारत सरकारको महत्वाकांक्षी योजना नशामुक्त भारत अभियानअन्तर्गत यस शपथ ग्रहण कार्यक्रमलाई जिल्लापाल अगवाने रोहन रमेशले सञ्चालन गरेका थिए।
नशामुक्त भारत अभियान एउटा राष्ट्रीय पहल हो जुन देशभरि लागु पदार्थको लत उन्मुलनको उद्देश्यले आरम्भ गरिएको हो। यसको उद्देश्य विशेष गरेर युवाहरूलाई लागुपदार्थ सेवनको खतराबारे सचेतना जगाउनु रहेको छ। यस अभियानले लागुऔषधविरोधी लड़ाइमा सक्रिय भूमिका खेल्ने व्यक्तिहरूलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
प्राप्त जानकारीअनुसार आज जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यसरी नै लागुऔषध विरुद्ध सरकारी अधिकारी र कर्मचारीहरूले प्रतिज्ञा गरेका छन्।









