पाकिम: सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती आज पूर्व सिक्किमको रोड़ाथाङ आएका थिए। उनी स्थानीय सरकारी वरिष्ठ माध्यामिक विद्यालयको खेल मैदानमा ७८औं स्वतन्त्रता दिवस समारोहको अवसरमा रोड़ाथाङ सोसियल वेलफेयर एसोसिएसनद्वारा आयोजित म्याचमा मुख्य अतिथिको रुपमा उपस्थित भएका थिए।
आजको सेमी फाइनल म्याच च्यालेञ्जर बोइस कुमरेक र सीएसए-बीच भएको थियो। निक्कै प्रतिस्पर्धापूर्ण म्याचमा च्यालेञ्जर बोइस कुमरेक तीनको विरुद्ध चार गोलले विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ। फूटबल म्याचसँगै पाँचेखानी सेकेण्डेरी स्कूल, बेथल एकाडेमी मुलूके र तितिरीबोटे प्राइमेरी स्कूलका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका विविध सांस्कृतिक कार्यक्रम पनि आजको आकर्षण रहेको थियो।









