पाकिम: जिल्लास्तरीय ७८औं स्वतन्त्रता दिवस समारोहको तयारी सम्बन्धमा एउटा समीक्षा बैठक आज जिल्ला प्रशासनिक केन्द्रमा बस्यो। बैठकलाई जिल्लापाल अगवाने रोहन रमेशले अध्यक्षता गरेका थिए। बैठकमा वरिष्ठ पुलिस अधिक्षक कर्मा ग्याछो भोटियाको पनि विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, पाकिमको सन्त जेभियर स्कूलको खेल मैदानमा प्रत्येक वर्ष स्वतन्त्रता दिवस समारोह आयोजना गरिन्छ जहाँ अहिले प्रत्येक दिन विविध कार्यक्रमको साथमा खुल्ला फूटबल टुर्नामेन्टका म्याचहरू आयोजना भइरहेको छ।
बैठकमा आगामी १५ अगस्तको मुख्य कार्यक्रमको आयोजनालाई लिएर व्यापक चर्चा गरियो। यस अवसरमा विभिन्न जिम्मेवारी र भारप्राप्त विभागका अधिकारीहरूले आ-आफ्नो तयारीको रिपोर्ट पनि प्रस्तु गरे। यसै अवसरमा मुख्य कार्यक्रमको दिन आयोजना हुने एमएलए एकादश र डीसी एकादश बीचको प्रदर्शनी फूटबल म्याचको निम्ति डीसी एकादशको जर्सी पनि लोकार्पण गरियो।
बैठकमा अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, अतिरिक्त जिल्लापाल (विकास) रवीन सेवा, महकूमा अधिकारी डाकमान सुब्बा साथै विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।









