भेटरन फूटबल टुर्नामेण्ट २१ अगस्तदेखि

IMG-20220818-WA0113.jpg

१८ अगस्तः सञ्जीवनी युवा क्लब, सिमकुना थर्ड माईल, दार्जीलिङको तत्त्वावधानमा २१ अगस्तदेखि भेटरन फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल १६ अक्टोबरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement