जीटीए प्रमुख अनित थापाद्वारा खरसाङ नगरपालिका र हार्ट बजारका पसलेहरूसित बैठक

IMG-20240812-WA0270

खरसाङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले खरसाङ नगरपालिका अध्यक्ष बृगेन् गुरुङ, उपाध्यक्ष सुवास प्रधान अनि नगरपालिकाका अन्य अधिकारीहरू साथै खरसाङ हाट बजारका केही पसलेहरूसँग बैठक गरेका छन्। उक्त बैठक खरसाङ नगरपालिकाको कार्यालयमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। आज उपस्थित हुने पसलेहरूले हाट बजारमा पसल चलाउँछन्। बैठकमा उनीहरूलाई नगरपालिकाको हाट बजार व्यवस्थापन सम्बन्धी जानकारी दिइएको जानकारी प्राप्त भएको छ। उक्त बैठक विषयमा जीटीए प्रमुख अनित थापाले आफ्नो फेसबुक पेजमार्फत् भनेका छन् -‘खरसाङलाई स्वच्छ, सुन्दर अनि व्यवस्थित बनाउन नगरपालिका अनि जीटीए प्रशासनले पहल शुरु गरी सकेको छ। मलाई विश्वास छ सबैले आफ्नो दायित्व बोध गरेर खरसाङ नगरपालिकालाई सहयोग पुर्याउनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement