खुल्ला फूटबल टुर्नामेण्ट ५ सेप्टेम्बरदेखि

IMG_20220818_142301.jpg

१८ अगस्त: पहाड़ी युवा संघ खेलकुद समिति (रोंगचोंग, लोहापुल)-को तत्त्वावधानमा कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो ५ सेप्टेम्बरदेखि शुरु हुने यस टुर्नामेण्टको फाइनल २ अक्टोबरको दिन खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ। यसमा १ हजार रुपियाँको अग्रिम शुल्क भुक्तान गरी टुर्नामेण्टमा स्थान सुरक्षित गर्न सकिनेछ। शुल्क भुक्तान गर्ने अन्तिम मिति २१ अगस्त रहेको छ। सबै म्याचहरू लोहापुल एनएच १० नजिक रोंगचोंग बस्ती खेल मैदानमा हुनेछ।
सम्पर्कः
७८७२६१६४७३
९१४९७१३८७०
७६७९२४२१५५

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement