खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा रहेको शिव मन्दिरमा भक्तजनको लागि हवनको कार्यक्रम आगामी २१ अगस्तको दिन गरिने भएको छ। धार्मिक पर्यटन स्थलको रूपमा प्रसिध्द बन्दै गईरहेको शिवखोलामा आज सावन महिनाको अन्तिम सोमबार आज शिव मन्दिरमा भक्तजनको व्यापक उपस्थितिमा सावनको जल चढाउने कार्य भक्तजनले गरेका छन्। यसको साथै सम्पूर्ण भक्तजनक लागि शिवखोलास्थित शिव मन्दिरमा हवन आगामी २१ अगस्तको दिन गरिने भएको जानकारी शिवखोला संरक्षण समितिको सभापति सदन लामाको उपस्थितिमा प्रवक्ता दिवस वाईबाले जानकारी गराएका छन्।

उनले शिवखोलाको शिव मन्दिरमा भक्तजनको व्यापक उपस्थिति र भक्तजनको मांग अनुसार आगामी २१ अगस्तको दिन हुने जानकारी गराउँदै सबै भक्तजनलाई उपस्थित भईदिने आह्वान् गरेका छन्।









