गान्तोकमा एसएसबीद्वारा विद्यार्थीहरूका लागि हतियार प्रदर्शनको विशेषता रहेको विशिष्ट कार्यक्रम आयोजना

1-2

गान्तोक: आगामी ७८औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा गान्तोकस्थित सशस्त्र सीमा बल (एसएसबी)-को सेक्टर हेडक्वार्टरले हतियारको प्रदर्शनी र एसएसबीका कार्यहरूमाथिको डकुमेन्ट्री फिल्म प्रस्तुत गर्ने एक विशिष्ट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य शैक्षिक अन्तर्द़ृष्टि प्रदान गर्ने र राष्ट्रिय सुरक्षामा एसएसबीको भूमिका बारे गहिरो बुझाइ बढाउने थियो।

कार्यक्रममा बहाई सिनियर सेकेण्डरी स्कूल, सरम्सा, रानीपुलका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण एसएसबी हतियारको विस्तृत प्रदर्शन थियो, जसमा एसएसबीको कार्य र जिम्मेवारी प्रदर्शन गर्ने आकर्षक डकुमेन्ट्री फिल्मद्वारा देखाइएको थियो।

एसएचक्यू एसएसबी गान्तोकका उप महानिरीक्षक बलवान सिंहले विद्यार्थी र शिक्षकहरूलाई सम्बोधन गर्दै सेनामा सेवा गर्ने महत्त्वमाथि बहुमूल्य अन्तर्दृष्टि साझा गरे। उनले यस सम्मानित क्षेत्रमा करियर बनाउन समर्पण र उत्कृष्टताको महत्त्वमाथि जोड दिँदै सशस्त्र सेनामा भविष्यका लागि विचार गर्न युवा उपस्थित सबैलाई उत्प्रेरित गरे। कार्यक्रमले विद्यार्थीहरूलाई एसएसबी र राष्ट्रको सुरक्षामा यसको महत्त्वपूर्ण भूमिकाको बारेमा प्रत्यक्ष ज्ञान हासिल गर्ने अनौठो अवसर प्रदान गर्‍यो। -पीआईबी   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement