विश्व अंग दान दिवस

IMG-20240812-WA0219

कोलकाता: आज विश्व अंग दान दिवसको अवसरमा सम्पूर्ण विश्वले यो महत्त्वपूर्ण दिन मनाउँदै गर्दा, यसले हामीलाई अंग दानले धेरै मानिसहरूको जीवनमा कसरी गहिरो प्रभाव पार्छ भनेर सम्झाउँछ। यो दिवसले अंग दाताहरूको महत्वपूर्ण भूमिकालाई मात्र होइन, अंग प्रत्यारोपणमा भएको प्रगतिलाई पनि उजागर गर्दछ। यस दिवसको उद्देश्य जनचेतना अभिवृद्धि गर्नु र धेरै भन्दा धेरै मानिसहरूलाई अंग दान गर्न उत्प्रेरित गर्नु हो। यस अवसरमा डा. तनिमा दास भट्टाचार्य, एमडी, नेफ्रोलोजी, कन्सल्टेन्ट, नेफ्रोलोजिष्ट र ट्रान्सप्लान्ट फिजिसियन, नारायणा अस्पताल, हावडाले भनिन्, ‘हरेक वर्ष अगस्त १३ मा विश्व अंग दान दिवस मनाइन्छ। यो दिन अंग दानको आवश्यकता बारे चेतना फैलाउने महत्वपूर्ण अवसर हो। यो हाम्रो दायित्व हो कि अन्य मानव प्रतिको हाम्रो जिम्मेवारी बुझ्नु र जीवन दान गर्ने वाचा लिनु हो, ताकि हामीले अन्य ८ जना मानिसको जीवन बचाउन सकौं।‘ नारायणा अस्पताल आर एन टैगोर मुकुन्दपुरक कार्डियोलोजी (एडल्ट) कन्सल्टेन्ट डा. अयान करले, ‘आफ्नो नश्वर जीवनभन्दा बाहिरको विरासत छोड्नु अमरता भन्दा कम छैन। अंग दान मार्फत कसैको जीवन बचाउनु, र यसबाट बाँच्नु, एक चमत्कार हो। यस प्रक्रियाले धेरै मानिसहरूको जीवनमा आशा र आनन्द ल्याउँछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement