सोनादामा प्राथमिक पाठशाला स्तरीय स्व जीबी थापा मेमोरियल हाजिरी जवाब प्रतियोगिता सम्पन्न

IMG-20240812-WA0231

सोनादा: सोनादाको स्कट मिशन जुनियर बेसिक प्राथमिक पाठशालाको आयोजनामा सोनादा क्षेत्रको प्राथमिक पाठशालाहरूलाई लिएर स्व जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको छ। स्व. जीबी थापाको 86 औं जन्म जयन्तीको अवसरमा उक्त हाजिरी जवाब प्रतियोगिता सोनादाको न्यु लाइट सार्वजनिक भवनमा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एंव भाषाविद् डा गोकुल सिन्हा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा शिक्षा विभागको निर्देशक, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सोनादा पचेङ समष्टीको सभासद अनोश थापा, मिना थापा, त्रिलोकतन्द्र रोका लगायत अप्पर र लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान र पञ्चायत समिति र पञ्चायत सदस्यहरू उपस्थित रहेका थिए। गत वर्षदेखि शुरू गरिएको प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता यसपाली दोस्रोपल्ट रहेको छ। यसपालीको हाजिरी जवाब प्रतियोगितामा सोनादा क्षेत्रको जम्मा १२ वटा प्राथमिक पाठशालाहरूले सहभागिता जनाएका थिए।

यस प्रतियोगितामा क्विज मास्टरको रूपमा विवेक मिश्र रहेका थिए भने कार्यक्रमलाई रशिक छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा पाठशालाको प्रधान अध्यापक मेगनमणि थापाले स्वागत सम्भाषण राखेका थिए। उक्त स्व जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगितामा स्कट मिशन जुनियर बेसिक पाठशाला बिजयी बनेको छ भने उप विजेताको रूपमा सरस्वती प्राथमिक पाठशाला बनेको छ। यस हाजिरी जवाब प्रतियोगितामा बेस्ट क्विजरको रूपमा स्कट मिशन जुनियर बेसिक पाठशालाको विद्यार्थी सबन अली चयन भएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन सह शिक्षक एमबी प्रधानले राखेका थिए। यस हाजिरी जवाब प्रतियोगिता कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादाको स्कट मिशन जुनियर बेसिक पाठशालाको प्रधान अध्यापक मेगनमणि थापाले गत वर्षदेखि सोनादा क्षेत्रको प्राथमिक पाठशालाहरूका विद्यार्थीहरूलाई शुरू गरिएको स्व जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता यसपाली दोस्रोपल्ट रहेको जानकारी गराएका छन्। उनले प्राथमिक पाठशालाको शैक्षिक स्तर उन्नति गराउन तथा विद्यार्थीहरूको शैक्षिक उन्नति गराउन आयोजना गरिएको बताएका छन्। उनले स्व जीबी थापा मेमोरियल प्राथमिक पाठशाला स्तरीय हाजिरी जवाब प्रतियोगिता कार्यक्रममा उपस्थित अतिथिहरू, विद्यार्थीहरू साथै सहयोगीहरू र प्रायोजकहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement