अलिपुरद्वार: फालाकाटामा आजदेखि मिड डे मिल पकाउने तीन दिने तालिम शिविर शुरु भएको छ। फलकाटा नगरपालिका र ब्लक कार्यालयमा खाना पकाउने र आँगनवाडी महिला कार्यकर्तालाई तालिम दिइँदैछ। जसमा १०० कुक र १२० आँगनवाडी कार्यकर्ता सहभागी छन्। शिविरमा सरसफाईका साथसाथै उनीहरुलाई विभिन्न किसिमका तरकारीहरु कसरी काट्ने, पकाउनु अघि र पछि के गर्ने भन्ने तालिम दिइने छ।










