अफगानिस्तान र श्रीलंकाविरुद्ध टेस्ट म्याचको निम्ति न्यूजील्याण्ड टीमको घोषणा

IMG-20240812-WA0220

अकल्याण्ड: न्यूजील्याण्डले आउँदो महिना अफगानिस्तानविरुद्ध आफ्नो एकमात्र टेस्ट र श्रीलंकाविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजको निम्ति टीममा ५ जना स्पिनरलाई स्थान दिएको छ। अफगानिस्तानविरुद्ध एकमात्र टेस्ट म्याच भारतको ग्रेटर नोएडामा ९-देखि १३ सेप्टेम्बरसम्म खेलिनेछ। यसरी श्रीलंकामा २ वटा टेस्ट म्याच १८ र २६ सेप्टेम्बरदेखि शुरु हुनेछ। अनुभवी पेस बलर टिम साउदी कप्तान हुनेछन् जबकि केन विलियम्सन, डेवोन कन्वे, ग्लेन फिलिप्स र रचिन रविन्द्र जस्ता खेलाड़ी पनि रहनेछन्। प्रशिक्षक ग्यारी स्टीडले भने, उपमहाद्वीपको टेस्ट यात्राको निम्ति केही कठिन फसेला लिनु पऱ्यो। आद्रता र गर्मीको साथमा पीचहरूलाई ध्यानमा राखेर केही पेस बलरहरूलाई बाहिर बस्नु पऱ्यो। साउदी र मैले यसबारे कुरा गरे गरे अनि पेस बलरहरूका कार्यभार प्रबन्धनको निम्ति यस्तो गर्नु जरूरी पनि थियो। स्पिन अलराउण्डर मिचेल ब्रेसेवेल १८ महिनापछि टीममा फर्किएका छन्। उनको साथमा मिचेल सेण्टनर, ऐजाज पटेल, ग्लेन फिलिप्स र रविन्द्रले स्पिन आक्रमणको जिम्मेवारी सम्हाल्नेछन्।
टीमः टिम साउदी (कप्तान), टम ब्लण्डेल, मिचेल ब्रेसवेल, डेवोन कन्वे, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओ रुर्की, ऐजाज पटेल, ग्लेन फिलिप्स, रविन रविन्द्र, मिचेल सेण्टनर, बेन सीयर्स, केन विलियम्सन, विल यंग।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement