सिलगढी: बागडोग्रामा अर्को सडक दुर्घटना भएको छ। टोटो र मोटरसाइकल एकापसमा ठोक्किँदा ९ विद्यालयका विद्यार्थीसहित १२ जना घाइते भएका छन्। बागडोग्राको केस्तपुर नजिकै हलालबस्ती नजिक आज यो दुर्घटना भएको हो। राष्ट्रिय सडक जामका कारण ग्रामीण सडकबाट टोटोमा फंसिदवामा विद्यालय जाँदै गरेका ९ विद्यार्थीलाई हलालबस्ती क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई टोटोसँग ठोक्किएको छ। अहिले ३ जनाको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरुलाई प्राथमिक उपचारपछि बागडोग्राको निजी अस्पतालमा भर्ना गरिएको छ। घाइते विद्यार्थी विजयनगर चिया बगानका हुन्। खबर पाएलगत्तै हेतमुडी सिङ्गीझोरा ग्राम पञ्चायतका उपप्रमुख घटनास्थल पुगेका थिए। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ। बागडोग्रामा बिहान भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।









