सिलगढी: नक्सलबारी पुलिस र दार्जीलिङ पुलिसको विशेष अभियान समूहले लाखौं रुपियाँको ब्राउन सुगर बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। अभियुक्तको नाम उत्पल बर्मन (२१), नक्सलबारी रघुजोतका निवास बताइएको छ। गोप्य स्रोतबाट सूचना पाएपछि पुलिस र एसओजी नक्सलबारी टोली रघुजोत नहरमा तैनाथ गरियो। यस सडकबाट गुज्रदै गर्दा पुलिसले एक युवकलाई शंका लागेपछि खोजी गरेको थियो। युवक लागुऔषध बोकेर साइकलमा गाउँ पस्दै थिए। खोजी गर्दा युवकबाट २०६ ग्राम ब्राउन सुगर बरामद भएपछि पुलिसले पक्राउ गरेको छ। पछि पुलिसले युवकलाई पक्राउ गरी नक्सलबारी पुलिस चौकीमा लगेको थियो। उनलाई आज सिलगढी उपविभागीय अदालतमा पेश गरियो।









