आइतबारसम्म सबै आरोपी पक्राउ नगरिए मुद्दा सीबीआईलाई सुम्पिने मुख्यमन्त्री ममता ब्यानर्जीको बयान

IMG-20240812-WA0188

कोलकाता: आरजी कर अस्पतालमा तालिमप्राप्त एक महिला डाक्टरको दुष्कर्मपछि हत्याको घटनाले देशभर हंगामा मच्चिएको छ। आज देशभर जुनियर डाक्टरहरु आन्दोलनमा छन्। जताततै विरोध प्रदर्शन भइरहेका छन्। यसैबीच राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज पीडित महिला डाक्टरको घर पुगेर परिवारका सदस्यहरूसँग भेटेर दुःख व्यक्त गर्दै सान्त्वना दिएकी छन्। यससँगै उनले त्यहाँबाट निस्किएपछि आन्दोलनमा उत्रिएका जुनियर डाक्टरहरूसँग पनि भेट गरिन्l पत्रकारहरूसँग कुरा गर्दै उनले यो अत्यन्तै दुखद, हृदयविदारक र निन्दनीय घटना भएको बताइन्। ‘यसको जति निन्दा गरे पनि कमै हुन्छ। यो घटनाको जानकारी पाएपछि म त्यतिबेला झारग्राममा थिएँ। मैले तुरुन्तै पुलिस आयुक्तलाई यस घटनामा जो कोही अभियुक्त भए पनि तत्काल पक्राउ गर्न आदेश दिएँ’, मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। उनले अझ भनिन्, ‘यो मुद्दाको सुनुवाइ फास्ट ट्रयाक अदालतमा हुनुपर्ने हाम्रो माग रहेको छl’ दोषीलाई मृत्युदण्डको सजाय माग गरेको उनले बताइन्। उनले भनिन, ‘घटना भएको अस्पतालमा त्यतिबेला नर्स र सेक्युरिटी गार्ड हुने हुँदा यो दुर्घटना कसरी भयो भन्नेमा म अचम्ममा परेको छु।‘ उनले आइतबारसम्म पुलिसले मुद्दाको समाधान नगरे सबै अभियुक्तलाई पक्राउ नगरे मुद्दा सीबीआईलाई बुझाइने बताइन्। उनले कोलकाता पुलिस विश्वकै उत्कृष्ट पुलिस भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement