गोरामुमो तीनधारे सुकुना समष्टिको एक प्रतिनिधि सभा सम्पन्न

IMG-20240812-WA0210

खरसाङ: तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोरामुमो तीनधारे सुकुना समष्टिको एक प्रतिनिधि सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टि मूल सचिव प्रमोद थापाले स्वागत वक्तब्य राखेका थिए। सभामा सभाध्यक्ष जेबी गुरुङले सभाको औचित्यमाथि प्रकाश पार्दै पहाडले बीजेपी पार्टीलाई सांसद दिएको चारचोटी भयो तरै पनि हामी गोर्खाको मुद्दालाई नजर अन्दाज गरेर हामीलाई केन्द सरकारले न्याय दिएको छैन र नै गत शहीद दिवसको दिन पार्टी अध्यक्ष मन घिसिङले खरसाङको लंगभ्यूमा भएको शहीद वेदीबाट कालो झण्डा देखाउँदै निधारमा माटोको टिका लगाएर भारतको केन्द्र सरकारले गोर्खा जातिलाई न्याय नदिएकोमा असन्तुष्टि जाहेर गर्दै दुःख ब्यक्त गरेको बताएका छन्।उनले सम्पूर्ण पहाडभरि कालो झण्डा लगाएर भारतको केन्द्र सरकारलाई आफ़्नो दुःखेसो ब्यक्त गर्ने आह्वान गरे। जेबी गुरुङले पार्टी अध्यक्ष मन घिसिङको निर्णयलाई तीनधारे सुकुना समष्टि पूर्णरूपले पालन गर्छ भनी सभामा जनाएका छन्।सभाध्यक्षले सभामा आगामी कार्यकम बारेमा जानकारी पनि गराएका थिए। सभाको अन्त्यमा सबैलाई आ-आफ्नो उपस्थिति दिएर सभा सफल तुल्याउन भएमा धन्यवाद ज्ञापन गर्दै सभा बर्खास्त गरियो। सभालाई भूतपूर्व सैनिक संगठनको केन्द्रिय अध्यक्ष अशोक गोले अनि समष्टि युवा एकाईको सभापति अमित प्रधानले पनि सम्बोधन गरेका थिए। सभामा गोरामुमो तीनधारे सुकना समष्टीको विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भनी समष्टीको प्रचार प्रसार सचिव पूर्ण गुरुङले जानकारी गराएका छन्।

About Author

Advertisement