कोचबिहार: आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी महिला डाक्टर माथिको निर्ममतापूर्ण घटना पछि कोचबिहार मेडिकल कलेजका विद्यार्थीहरूले “नो सुरक्षा नो सर्भिस” को माग गर्दै कोचबिहार मेडिकल कलेजको बाहिरी विभाग बन्द गरे तर आज बिहान बाहिरी विभाग खोलियो। तर राति करिब १०:३० बजे बन्द भएकाले टाढा–टाढाबाट आउने बिरामीले डाक्टर नभेट्दा समस्या परेको छ। आरजी कर मेडिकल कलेजमा भएको घटनालाई लिएर देशभर जुनियर डाक्टरहरूको विरोध भइरहेको छ।









