बाघडोग्रा क्षेत्रमा सिक्किमको गाडी दुर्घटनाग्रस्त

IMG-20240812-WA0141

सड़कमा हिँड्दै गरेका छजना श्रध्दालुहरूको मृत्यु

सिलगढी: सिलगढीको बागडोगरा नजिक मुनी चियाबारी क्षेत्रको कोलकोता राष्ट्रिय राजमार्गमा डरलाग्दो दुर्घटना भएको छ। उक्त सड़क दुर्घटनामा छजनाको घटनास्थलमै मृत्यु भएको छ भने धेरैजना घाइते बनेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमको नम्बर रहेको स्करपियो गाड़ी दुर्घटनाग्रस्त भएको छ भने उक्त स्करपियो गाड़ीले सड़कमा हिँड्दै गरेको श्रध्दालुहरूलाई हिर्काएर दुर्घटनाग्रस्त बनेको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार बोलबमबाट जल चढ़ाएर फर्कन्दै गरेका बागडोगरा नजिक मुनी चियाबारीमा रोडमा हिँड्दै गरेका यात्रीहरूलाई पेलेर गई दुर्घटनाग्रस्त बनेको छ। उक्त दुर्घटनामा बोलबमबाट जल चढ़ाएर फर्कन्दै गरेका छजना श्रध्दालुहरूको मृत्यु भएको छ। दुर्घटनाग्रस्त गाड़ी सड़कबाट तलतिर झरेको छ भने गाड़ीमा रहेका मानिसहरू भाग्न सफल भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement