झापा: सुनसरीको ईटहरी-५ मा डेरा गरी बस्दै आएका ३० बर्षिय शालिग्रामलुईटेलले आफनै दाजु नबराज लुईटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेलको हत्या गरेका छन्।
उनले शनिबार अपरान्ह आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लुईटेललाई घटना स्थलबाटै पक्राउ गरेको हो। हत्या आरोपमा पक्राउ परेका लुईटेलको थप अनुसन्धान भईरहेको छ।









