गौरादहका ७० वर्षीय राजवंशी ३० वर्षीया कोचको ‘हनी ट्र्याप’ मा

IMG-20240812-WA0208

झापा: झापा गौरादहका एक वृद्धले आफूलाई मोहजाल ‘हनी ट्र्याप’ मा पारेर सम्पत्ति हडपेको भन्दै सहयोगका लागि अपिल गरेका छन्।
उनले ‘हनी ट्र्याप’ गरेको र आफ्नो घरभित्र रहेको जायजेथा लुटपाट गरेको आरोपमा झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। करिब चालीस वर्षले कान्छी एक महिलाले ‘हनी ट्र्याप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै झापा गौरादह–८ भुँडीसिमलका ७० वर्षीय वृद्ध पुलेन्द्रप्रसाद राजवंशीले सहयोग मागेका छन्।
गौरादहकै करिब ३० वर्षीया गंगादेवी कोचले घरजग्गा कब्जा गरेपछि कोही नभएका ती वृद्ध विगत दश दिनदेखि घरबारविहीन भएका छन्। जायजेथा भएर पनि उनी आश्रयको लागि भौँतारिरहेका छन्। करिब डेढ वर्षअघि श्रीमती जल्पादेवी सेढाईं राजवंशीको निधन भएपछि छोराछोरी नभएका पुलेन्द्र एक्लै बस्दै आएका थिए ।दस दिनअघि उपचारका लागि धरान गएका बखत गंगादेवीले पुलेन्द्रको घरको ताला फुटाई घरजग्गा कब्जा गरेकी हुन्।
करिब दुई महिनाअघि गौरादह नगरपालिकाका दमकल चालक ललित राजवंशीमार्फत पुलेन्द्र र गंगादेवीबीच चिनजान भएको बताइएको छ। ९ र १४ वर्षका दुई छोरीकी आमा गंगादेवी तिनै ललित राजवंशीको होटलमा काम गर्थिन्। आफूले नमान्दानमान्दै ललित राजवंशीले ‘देउनियार कि गति’ भनिएको राजवंशी फिल्ममा अभिनय गर्न लगाएको र आफ्नी श्रीमती बनेर सुटिङ गरिसकेपछि त्यसको दुई महिनापछि आएर तिनै गंगादेवीले घरजग्गा कब्जा गरेको ती वृद्ध बताउँछन्।
गत जुन ४ मा कनकाईको कोटिहोममा ७० वर्षका पुलेन्द्र बेहुला र ३० वर्षकी गंगादेवी बेहुली बनेर विवाह गरेको भिडियोमा देखिन्छ। जुन भिडियोमा ललितले कमेन्ट्री गरेका छन्। फिल्ममा खेल्ने बेलामा पनि गंगादेवीको लुगाफाटा, गाडी, खाजालगायतमा ललित राजवंशीले करिब डेढ लाख रुपैयाँ खर्च गर्न लगाएको, फिल्म खेलिसकेपछि पाँच लाख रुपैयाँ बार्गेनिङ गरेको र पैसा नदिएपछि घरजग्गा कब्जा गरेको पुलेन्द्रको दाबी छ। घटनाबारे विषयमा गंगादेवीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आइनन्। उनको ९८१७९५१८३४ नम्बरको मोबाइलमा पटकपटक सम्पर्क गर्दा उनले रिसिभ गरेकी छैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement