सिलगढी: सिलगढी नजिकै रहेको राष्ट्रिय राजमार्ग ३१ नम्बमा बागडोग्राको मुनि चिया बगान नजिक हाउडिजोतमा सोमबार बिहान भीषण सडक दुर्घटनामा एक सिभिक भोलेन्टियरलगायत सात जना तीर्थयात्रीको मृत्यु भएको छ। पुलिस र स्थानीय स्रोतका अनुसार तीर्थयात्रीहरू जंगलीबाबा मन्दिरमा शिवजीलाई जल चढाउन गइरहेका थिए। श्रावणको अन्तिम सोमबारको अवसरमा सिलगढी नजिकैको बागडोगराको हाउडिजोत गाउँबाट पानी चढाउन जाँदै गर्दा मुनि चियाबागान क्षेत्रको बाबाधामबाट सिक्किम नम्बरको चार चक्के गाडी तीब्र गतिमा आउँदा एक्कासी नियन्त्रण गुमायो। समाचारअनुसार जल चढाएएर फर्कन्दै गरेका बागडोग्रा नजिक मुनी चियाबारीमा सडकमा हिँड्दै गरेका यात्रीहरूलाई पेलेर गई दुर्घटनाग्रस्त बनेको छ। जसमा पाँच जनाको घटनास्थलमै मृत्यु भयो। यसपछि घाइतेहरूलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा अझ दुई जनाको मृत्यु भयो।

यस सम्बन्धमा हरिपाद बर्मनले भने, ‘हामी गाउँबाट जंगली बाबाको मन्दिरमा पूजा गर्न जाँदै थियौं, त्यही क्रममा पछाडिबाट आएको चार चक्के गाडीले हामीलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भगयो।‘ सिलगढी महकुमा सहकारी सभाधिपति अध्यक्ष रोमा रेशमी एक्काले भनिन्, ‘यो अत्यन्तै दु:खद घटना हो। सात जनाको ज्यान गएको छ। एक जना बाहेक सबै महकुमाका बासिन्दा हुन्। उनीहरुलाई सिक्किम नम्बरको गाडीले ठक्कर दिएको थियो। हामी मृतकहरूका परिवारका साथमा खडा छौं।‘ सिभिक भोलेन्टियर प्रह्लाद राय, गोकुलजोतका गोविन्द सिंह (२२), अमलेश चौधरी (२०), कनक बर्मन (२२), प्रणव राय (२८), पदकान्त राय (२८)को मृत्यु भएको छ। सिक्किमका एक बासिन्दाको पनि मृत्यु भएको छ। पुलिसले उनको नाम र परिचय खुलाउने प्रयास गरिरहेको छ। घटनामा अन्य दुई जना पनि घाइते भएका छन्। घटनापछि पुलिसले स्थानीयको सहयोगमा मृतक र घाइतेलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको छ। खबर पाएलगत्तै सिलगढी महकुमा सहकारी सभाका अध्यक्ष रोमा रेशमी एक्का घटनास्थल पुगे। सांसद राजु विष्टले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।









