देशका अन्य भागहरूसँगै उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा जुनियर डाक्टरहरूको प्रदर्शन जारी

IMG-20240812-WA0158

सिलगढी: देशका अन्य भागहरूसँगै उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा जुनियर डाक्टरहरूको प्रदर्शन जारी छ। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको इमर्जेन्सी गेट अगाडि जुनियर डाक्टर र विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। तर, वरिष्ठ डाक्टरहरूले बिरामीको उपचार गरिरहेका छन्l कोलकाताको सरकारी अस्पतालमा शुक्रबार एक महिला प्रशिक्षार्थी डाक्टरको शव भेटिएदेखि नै आवासीय डाक्टरहरूको विरोध जारी छ। देशभरका अस्पतालमा विरोध प्रदर्शन भइरहेका छन्। दिल्लीको राम मनोहर लोहिया अस्पतालमा पनि डाक्टरहरूको प्रदर्शन जारी छ। एक डाक्टरले भने, ‘हाम्रो तीनवटा प्रमुख मागहरू छन्। पहिलो, सीबीआईले छिटो अनुसन्धान गर्नुपर्छ, किनभने राज्य सरकारको अनुसन्धान धेरै पक्षपाती छ। उनीहरू निर्दोषलाई पक्राउ गरेर हामीलाई चुप गराउन चाहन्छन्, तर हामी त्यसो हुन दिँदैनौं। एउटा सामुहिक दुष्कर्म र हत्या, जसलाई २-३ जनाले गरेका थिएl भारतभरिका सबै अस्पतालहरूमा केन्द्रीय सुरक्षा कानून लागू गर्नुपर्छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement