गोरुबथान: डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा मटेली स्पोर्ट्स एकाडमीले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा आइतवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा मटेली स्पोर्ट्स एकाडमीले मिञ्ज एकाडमीलाई २-१-ले पराजित गऱ्यो। म्याचमा निरेन दर्नाल मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा बिमल प्रधान र हेम कुमार राई रहेका थिए। अलोप राई फोर्थ अफिसियल थिए। सोमवार खेलिने पहिलो सेमिफाइनल म्याचमा एसटी ब्रदर्स रांगामाटी र बी सेवेन एफसी माल बस्तीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १६ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।









