दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बोयज अव् प्रधानले फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा बोयज अव् प्रधानले मतिगढ़ा फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रचुल छेत्रीले दशौं र ३७औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल भवन गुरुङले ४५औं मिनटमा गरे। म्याचमा रेफरीको भूमिका अरबिन छेत्रीले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रबेश राई र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब बिहीवार खेलिने फाइनल म्याचमा बोयज अव् प्रधान र सिरमूर बोयजबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।









