सोनादा: रंगबुल क्षेत्रमा आशारिका फाउण्डेशनद्वारा पहिलो श्रेणीदेखि पाँचौं श्रेणीसम्मको नानीहरूका निम्ति नि:शुल्क कोचिङ क्लास आरम्भ गरिएको छ। तीनवटा विषयहरु जस्तै – गणित, अङ्ग्रेजी अनि नेपाली पढ़ाइने उक्त कोचिङ सेन्टरमा बिहान 11 बजे अपराह्न 1 बजेसम्म सञ्चालन गरिने भएको छ। उक्त कोचिङ क्लास गर्न इच्छुक नानीहरूलाई आफ्ना अभिभावकहरूको उपस्थितिमा उक्त कोचिङ क्लासको उदघाटन गरिएको छ। यस उदघाटन कार्यक्रममा बिहान 10 बजे गणेश मन्दिर प्राङ्गण रंगबुलमा सम्पन्न भएको छ। यस समारोहको उदघाटन शिक्षाविद डा गोकुल सिन्हाको बाहुलीबाट गरिएको छ साथै अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित रहेका थिए। यसको साथै पूजा अर्चना गर्दै यस क्षेत्रका नानीहरूलाई लिएर नि:शुल्क कोचिङ सेन्टरको शुरु गरिएको छ।