दार्जीलिङ प्रेस गिल्डको वार्षिक सम्मेलन अनि चुनाव सम्पन्न: पत्रकार दिप गजमेर सभापति अनि आदित्य सचिवमा निर्वाचित

WhatsApp-Image-2024-08-11-at-18.21.08

दार्जीलिङ: दार्जीलिङ पहाडको पत्रकारहरूको संगठन दार्जीलिङ प्रेस गिल्डका वार्षिक सम्मेलन साथै चुनाव दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा सम्पन्न भएको छ। उक्त वार्षिक सम्मेलन तथा चुनाव वरिष्ठ पत्रकार सञ्जय विश्वासको अध्यक्षता र सह सचिव एंव पत्रकार धनराज घिसिङको सञ्चालनमा सम्पन्न भएको छ। यस वार्षिक सम्मेलनमा दार्जीलिङ प्रेस गिल्डको सम्पूर्ण सदस्यहरूलाई दार्जीलिङ प्रेस गिल्डको नाम अंकित स्मृति चिन्ह  प्रदान गरिएको छ। वार्षिक सम्मेलनमा दार्जीलिङ प्रेस गिल्डको कार्यहरू विषयमा सचिव बिनय शंकरले जानकारी गराएका थिए भने कोषाध्यक्ष एंव वरिष्ठ पत्रकार मोहन लामाले हर हिसाबको जानकारी गराएका थिए। समारोहमा प्रेस गिल्डको सदस्यहरूले आफ्नो आफ्नो सुझावहरू राखेका थिए। सदस्यहरूले राखेका विभिन्न सुझावहरू र प्रश्नहरूमाथि दार्जीलिङ प्रेस गिल्डको सभापति दिप गजमेर अनि सचिव बिनय शंकरले उत्तर दिएका थिए। यसै समारोहमा दार्जीलिङ प्रेस गिल्डको संविधान पनि लोकार्पण गरिएको छ। वार्षिक सम्मेलनको अर्को चरणमा दार्जीलिङ प्रेस गिल्डको चुनाव सम्पन्न भएको छ। दार्जीलिङ प्रेस गिल्डको सदस्यहरूले चुनावमा भाग लिन्दै सबैले सभापति  सचिव र कोषाध्यक्षको मतदानद्वारा चयन गरिएको छ। उक्त चुनावक लागि दार्जीलिङ प्रेस गिल्डको सदस्यदेखि बाहिरका वरिष्ठ पत्रकारहरू क्रमैले राजीव रविदास, प्रमोद गिरी, कुन्दन यल्मो, मणि लामा लगायत अन्यहरू उपस्थित रहेका थिए। उनीहरूको चुनाव पर्यवेक्षकतामा नै चुनाव सम्पन्न भएको थियो। उक्त चुनावमा बहुमतले दार्जीलिङ प्रेस गिल्डको सभापतिको रूपमा दोस्रो कार्यकालको लागि वरिष्ठ पत्रकार दिप गजमेरलाई चयन गरिएको छ। त्यसरी नै सचिवमा दार्जीलिङ टेलिभिजनका निर्देशक आदित्य राया अनि कोषाध्यक्षमा वरिष्ठ पत्रकार मोहन लामा चयन भएका छन्। अब उपाध्यक्ष, सह सचिव र सह कोषाध्यक्ष नयाँ कमिटीले आगामी एक सप्ताहभित्रमा चयन गरेर १२ जनाको कार्यकारिणी समिति बनाउने भएको छ। दार्जीलिङ प्रेस गिल्डको वार्षिक सम्मेलन र चुनाव विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पत्रकार धनराज घिसिङले आज दार्जीलिङ प्रेस गिल्डको वार्षिक सम्मेलन र चुनाव सम्पन्न भएको जसमा सभापतिको रूपमा वरिष्ठ पत्रकार दिप गजमेर, सचिवमा दार्जीलिङ टेलिभिजनको निर्देशक आदित्य राया अनि कोषाध्यक्षमा वरिष्ठ पत्रकार मोहन लामा निर्वाचित भएको जानकारी गराएका छन्। उनले यो नयाँ कमिटी दुई वर्षको लागि भएको र प्रेस गिल्डको उपाध्यक्ष, सह सचिव र सह कोषाध्यक्ष नयाँ कमिटीले आगामी एक सप्ताहभित्रमा सभा गरेर चयन गर्ने बताएका छन्।

About Author

Advertisement