खरसाङ: खरसाङको बुद्ध ग्राम, वार्ड नम्बर १० मा अवस्थित नाग मन्दिर बुद्ध ग्राम सोसाइटी मन्दिरमा तीन दिवसीय नाग पूजा सम्पन्न भएको छ। विगत ७, ८ र ८ अगस्तमा तीन दिवसीय रूपमा नाग पञ्चमीको पूजा सम्पन्न भएको थियो। खरसाङको बुद्ध ग्राम, वार्ड नम्बर १० मा सन् १९८० मा स्थापित भएको नाग मन्दिरलाई यसपाली नयाँ मन्दिर निर्माण गरेर तीन दिवसीय नाग पश्चिमी पूजा आयोजना गरिएको बताइएको छ। उक्त तीन दिवसीय पूजा अन्तर्गत ७ अगस्तमा शिवलिङ्ग स्थापित साथै नाग देवताको स्थापना गरिएको छ। त्यसरी नै ८ अगस्तको दिन प्राण प्रतिष्ठान गरियो भने ९ अगस्तको दिन नाग पञ्चमीको पूजा अर्चना सम्पन्न गरिएको छ। यस तीन दिवसीय पूजा गाडीधुरा निवासी कान्छा बाजेद्वारा गरियो भने शिवलिङ्गको प्राण प्रतिष्ठा खरसाङको चौकी डाँडा मन्दिरको पुजारी आचार्य विष्णु शर्माद्वारा गरिएको छ। नाग मन्दिर बुद्धग्राम सोसाईटीको आयोजनामा सम्पन्न तीन दिवसीय नाग पूजामा आर्थिक सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिइएको छ। त्यसरी नै उक्त नाग मन्दिरलाई नयाँ गरी निर्माण गर्नमा मन्दिरलाई चाहिने विभिन्न प्रकारका सरसामानहरू प्रदान गरी सहयोग गर्ने सहयोगकर्ताहरूलाई पनि धन्यवाद दिइएको जानकारी नाग मन्दिर बुद्धग्राम सोसाइटीको सभापति दावा छिरिङ लामाले बताएका छन्। उनले बताए अनुसार यस नाग मन्दिरमा धेरैले आर्थिक सहयोग साथै मन्दिरमा चाहिने सर सामानहरू प्रदान गरेर सहयोग गरेका थिए।

यसमा मुख्य रुपमा सहयोग गर्नेहरूमा करवीर निवासी दिपेन प्रधानद्वारा टायल्स, बुध्दग्राम निवासी प्रवेश लामाद्वारा मन्दिरको गजुर, खरसाङ निवासी समीरदीप ब्लोनद्वारा ३० बोरा सिमेन्ट, बुद्ध ग्राम निवासी कृष्णप्रसाद शिव लिङ्ग, बुध्द ग्राम निवासी अनिल चौध्दरीद्वारा बिजुली बत्तीको सामानहरू र वेरिङ, हाट बजार निवासी राजेश पाण्डेद्वारा दैलो, पार्वती ग्रुप हार्ट बजारद्वारा फाईबरको नाग, बुद्ध ग्राम निवासी ग्याल्पो लामाद्वारा ग्रिल्डको खिड़कीहरू, अजय गुप्ताद्वारा फूलहरू प्रदान, मनोज पाण्डे हाट बजारद्वारा चौखट, हिल कार्ट रोड निवासी रमेश एण्ड ग्रुपद्वारा फाईबरको नाग आदि प्रदान गरिएको सभापति दावा छिरिङ लामाले दिएका छन्। उनले बताए अनुसार यस नयाँ मन्दिरको डिजाइन करवीर निवासी दिपेन प्रधानद्वारा गरिएको थियो भने मन्दिर स्याहारसुसार गरेर राख्नेमा बुध्द ग्राम निवासी मणिकुमार तामाङ र परिवारद्वार गरिएको छ। यस मन्दिरमा शुरुमा मन्दिर बनाउन सहयोग गर्नेमा शिक्षक भानु लामा रहेका थिए। त्यसरी नै बुध्द ग्राम निवासी महेश योञ्जन, ठेकेदार दावा योञ्जन रहेका थिए। त्यसरी नै शुरुमा मन्दिर निर्माण कार्यमा बुद्ध ग्रामको लाली गुराँस समाजका पदाधिकारीहरूले चन्दा संकलन गरेर मन्दिर निर्माणमा सहयोग गरेका थिए। हालमा यस नाग मन्दिर बुद्ध ग्राम सोसाइटीको सभापति दावा छिरिङ लामा र सचिव कैलाश प्रधान रहेको जानकारी प्राप्त भएको छ।











