सिलगढी: लागुऔषध नियन्त्रण ब्यूरोको सिलगढी शाखाले करोडौंको हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम जीतु बर्मन हो। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको सिलगढी शाखाका अधिकारीहरूले बतासी रेलवे स्टेशन नजिकै अपरेशन गरी उक्त व्यक्तिलाई हेरोइनसहित पक्राउ गरेको बताइएको छ। उनको साथबाट ४ सय १७ ग्राम हेरोइन बरामद भएको छ। जसको बजार मूल्य करोडौं रुपियाँ छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्दा अदालतले उनलाई दुई दिनको लागि जेल हिरासतमा पठाउन आदेश दिएको छ। आरोपीलाई सोमबार पुनः एनडीपीएस अदालतमा हाजिर हुन आदेश दिइएको छ। लागुऔषध नियन्त्रण ब्यूरोले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ।