फाइनलमा पुग्न सफल सिरमूर बोइज

photocollage_2024810234547867

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिरमूर बोइजले फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा सिरमूर बोइजले आयोजक आरजीएफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अडविन गुरुङले सातौं मिनटमा गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा मतिगढ़ा फूटबल क्लब र बोइज अव् प्रधानबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement