सोरेङमा लैङ्गिक संवेदनशीलताबारे सचेतना कार्यक्रम

IMG-20240810-WA0256

सोरेङ: सोरेङ जिल्लाको महिला एवं बाल विकासको पहलमा हिजो लैङ्गिक संवेदनशीलताबारे एक सचेतना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा हब फर महिला सशक्तिकरण अन्तर्गत विशेष गरेर लैङ्गिक संवेदनशीलतालाई लिएर जागरूक गराइयो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता महकुमा अधिकारी सनी खरेलले गरेका थिए भने उनको साथमा महकुमा अधिकारी मुख्यालय प्रेम कुमार सुब्बा, डीसीएसओ जसमान सुब्बा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य महिला सशक्तिकरण हब, वन स्टप सेन्टर, महिला हेल्प लाइन र बाल हेल्पलाइन, जुन मिशन शक्ति योजना अन्तर्गत छ र सरकारको महिला तथा बाल विकास मन्त्रालयको नेतृत्वमा रहेको छ त्यसको कार्यान्वयन र दिशानिर्देशहरूबारे छलफल गर्नु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सीडीपीओ गौरी तामाङले हबको भूमिका र जिम्मेवारीबारे सबैलाई जानकारी गराइन्। यसरी नै ओएससी (केन्द्र प्रशासनिक) रिञ्जिङ तामाङले महिलाहरूलाई प्रदान गर्दै आइरहेको विभिन्न प्रकारको सुविधाबारे अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement