पाकिममा बाँझो जमिन उत्पादनयोग्य बनाउने प्रयास

IMG-20240810-WA0256

गान्तोक: पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल (विकास)-ले पाकिम जिल्ला अन्तर्गत रहेको बाँझो जमीनलाई पुन: उत्पादनको निम्ति प्रयोग गर्दै केही फलदायक परिणाम आएकोमा खुशी प्रकट गरे। यो सबै सामुहिक प्रयासको कारण सफल भएको पनि उनले जानकारी गराए। पाकिम जिल्ला कार्यालय १९ वटा निर्वाचन क्षेत्रका जिला पञ्चायत सदस्यहरू, पञ्चायत अध्यक्ष, उपाध्यक्ष र २८ ग्राम पञ्चायतका सदस्यहरू, छ वटा ब्लक प्रशासनिक केन्द्रहरू, पञ्चायतका सबै सहायक निर्देशकहरूको सहयोगमा राज, कृषि तथा बागवानी विभागका अधिकारी तथा कर्मचारी तथा माथिका सबै विभागीय कार्यालयका पुराना तथा नवनियुक्त कर्मचारीहरुले बाँझो जमिनलाई खेतीका लागि उर्वर जमिनमा परिणत गर्न मेहनत गरिरहेका बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement