खोलाले बगाएर पानी हाउस निवासीय एक युवकको मृत्यु

IMG-20240810-WA0255

गान्तोक: गान्तोकस्थित पानी हाउस निवासी एक युवकलाई रम्फू खोलाले बगाएपछि मृत्यु भएको छ। मृतकको नाम परिक्षित छेत्री रहेको र उनी पानी हाउस निवासी रहेको जानकारी प्राप्त भएको छ।घटना क्रम अनुसार मृतक छेत्री हिजो रम्फू खोल गएका थिए, तर खोला खेल्ने क्रममा अचानक जलस्तरमा वृद्धि भएपछि उनलाई खोलाले बगाएको बताइएको छ। पारिवारिक सुत्रले जानकारी गराए अनुसार उनको उमेर केवल २४ वर्षको रहेको थियो। यस घटनालाई लिएर सिक्किम पुलिस साथै बंगाल पुलिसले खोजी अभियान हिजोदेखि नै शुरू गरेको भएता पनि अहिलेसम्म शव फेला नपरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement