गेजिङ जिल्लालाई नशामुक्त अभियान अन्तर्गत मदपान एवं ड्रग्स मुक्त जिल्ला बनाउने जिल्लापाल यिस्से डी. योङ्गदाकाे आह्वान
गेजिङ: पश्चिम सिक्किमको योकसममा आयोजित समष्टिस्तरीय ७८औं स्वतन्त्रता दिवस कार्यक्रमको आज नवौं दिन विभिन्न खेलकुद अनि सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। दिनको मुख्य आकर्षण लेट पेमा वाङ्गचुक डेञ्जोङ्गपा मेमोरियल च्याम्पियनशीप फुटबल टुर्नामेन्ट रहेको थियो जसमा पेलिङ यूनाइटेडले जीतको साथमा सिनियर वर्गमा क्वाटर फाइनलको यत्रा तय गऱ्यो। ठिकलोङ मेनसोलोङ सरकारी वरिष्ट माध्यामिक विद्यालयको खेल मैदानमा आयोजित टुर्नामेन्टमा जम्मा २८ वटा क्लबले सहभागिता जनाएको छ। यसरी नै सब जुनियर अण्डर-१४ टुर्नामेन्टमा दरपथाङ जुनियर हाइ स्कूलले मेल्ली आचिङ स्कूललाई शुन्यको विरुद्ध दुई गोलले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गऱ्यो गऱ्यो।
कार्यक्रममा सम्बोधन राख्दै जिल्लापाल योङ्गदाले हरित एवं दिगो पहलहरू उत्कृष्ट उदाहरण बनेकोमा योक्सम दुब्दी जीपीयूको प्रयासहरूको सराहना गरिन्। उनले गेजिङ जिल्लालाई नशामुक्त अभियान अन्तर्गत मदपान एवं ड्रग्स मुक्त जिल्ला बनाउने सबैलाई सक्रियरूपमा सहभागी बन्न आह्वान गरिन्। उनले युवाहरूको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै उनीहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन अपील गरिन्। यस अतिरिक्त जिल्लापालले युवाहरूलाई पढ्ने बानी विकास गर्न सुझाउ दिइन्।
आजको कार्यक्रममा पेलिङ टुरिजम डेभलपमेन्ट कमिटीका अध्यक्ष नारायण खतिवड़ा मुख्य अतिथि रहेका थिए।