कञ्चनजङ्घा एफसी-लाई परास्तर गर्दै सिक्किम पुलिस सेमीमा

IMG-20240810-WA0250

गान्तोक: सिक्किम फुटबल एसोसिएशन (एसएफ) को तत्वावधानमा राजधानीको पाल्जोर स्टेडियममा आयोजना भइरहेको छोग्याल सर टाशी नामग्यल ७८औं स्वतन्त्रता दिवस फुटबल च्याम्पियनशीपअन्तर्गत आज
कञ्चनजङ्घा एससी सिलिगुढ़ी र सिक्किम पुलिस एकादश बीच म्याच सम्पन्न भयो। टुर्नामेन्टको यस क्वाटर फाइनल म्याचमा सिक्किम पुलिस एकादश शुन्यको विरुद्ध एक गोलले विजयी बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ।
म्याचको उत्तरार्धको खेल उतार चड़ाउपूर्ण रहेको थियो। दुवै दलले लगातार आक्रमण गरे पनि पहिलो हाफको अन्तसम्म एकै गोल पनि हुन सकेन। दोस्रो हाफमा पाएको एउटा सुन्दर अवसरलाई गोलमा परिणत गर्दै सिक्किम पुलिस एकादशले एक गोलको अग्रता प्राप्त गऱ्यो। खेलको ५२औं मिनटमा सिक्किम पुलिस एकादशको पक्षमा जर्सी नम्बर ५ बक्सर प्रधानले एउटा आकर्षक गोल गरे। यो एक गोल नै अन्तमा म्याचको निर्णयाक गोल सावित भयो। आजको म्याचमा सिक्किम सरकारको खेलकुद एवं युवा मामिलाका सचिव श्रीमती योगिता राई मुख्य अतिथि रहेकी थिइन्।
भोलि टुर्नामेन्टको अन्तिम क्वाटरफाइनल म्याच गान्तोक हिमालय एफसी र भेङ्गथार ख्वाजा मिजोरामबीच हुनेछ। उल्लेखनीय छ, सिक्किम पुलिस एकादशको साथमा एपीएफ नेपाल र इलेभेन स्टार्स आसाम अगावै टुर्नामेन्टको सेमी फाइनलमा प्रवेश गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement