पेरिस ओलम्पिक 2024ः महिला कुश्तीको क्वार्टर फाइनलमा रितिकाको हार

IMG-20240810-WA0247

पेरिस: भारतीय पहलवान रितिका हुड्डाले पेरिस ओलम्पिकमा क्वार्टर फाइनलको वाधा पार गर्न सकिनन्। रितिकाले महिला कुश्तीको ७६ किग्रा वर्गको क्वार्टर फाइनलमा किर्गिस्तानकी अयापेरी किजीविरुद्ध बराबरीपछि अन्तिम पोइण्ट गुमाएको हुनाले हारको सामना गर्नु पऱ्यो। आफ्नो पहिलो ओलम्पिक खेलिरहेकी २१ वर्षीय रितिकाले शीर्ष वरीयता प्राप्त पहलवानलाई कड़ा चुनौती दिइन् अनि शुरुवाती पीरियडमा पेसिविटीद्वारा एक पोइण्टको बढ़त हासिल गर्न सफल भइन्। दोस्रो पीरियडमा चाहिँ रितिकाले कड़ा चुनौती दिए पनि पेसिविटी (अति रक्षात्मक खेल)-ले गर्दा एक पोइण्ट गुमाइन्, जुन अन्तमा निर्णायक साबित भयो। वास्तवमा स्कोर १-१-को बराबरीमा रहेको थियो तर म्याचको अन्तिम पोइण्ट हासिल गरेको हुनाले शीर्ष वरीयता प्राप्त अयापेरीलाई विजेता घोषित गरियो। कुश्तीको नियमहरू अनुसार, लड़ाइँको अन्तमा स्कोर बराबरीमा रहे अन्तिम पोइण्ट हासिल गर्ने खेलाड़ीलाई विजेता घोषित गरिन्छ। अब किर्गिस्तानकी पहलवानले फाइनलमा स्थान बनाउन सके रितिकासँग रेपेचेजद्वारा काँस्य पदक हासिल गर्ने मौका रहनेछ।

About Author

Advertisement