सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेनले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा मनजीत इलेभेनले बेतगेड़ा फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा मनजीत इलेभेनबाट ट्राउरेले २७औं र एबुकाले ३६औं मिनटमा गोल गरे। यसरी बेतगेड़ा फूटबल क्लबबाट मार्टिनले नवौं र झाझाले ७९औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। उनले २ हजार रुपियाँको नगद पुरस्कार जिते। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लब र मजुआ फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।