नक्सलबारी: मादक पदार्थ सहित एकजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको आरोपीका नाम तापस पाल हो। तिनी रथखोला निवासी हुन्। प्राप्त जानकारी अनुसार, एसएसबी जवानहरूले गोप्य सूत्रमार्फत नक्सलबारीको रथखोला संलग्न इलाकामा मादक पदार्थको तस्करी हुने जानकारी पाए। यसपछि मदनजोत एसएसबीको ४१औं बटालियनका जवानहरूले छापामार अभियान चलाएर मादक पदार्थ सहित एकजना व्यक्तिलाई हिरासत लिइयो। यसपछि छानबिन गर्दा तिनीबाट ९४ ग्राम ब्राउन शुगर उद्धार गऱ्यो। यसपछि आरोपीलाई नक्सलबारी पुलिसको हातमा सुम्पिदियो। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। नक्सलबारी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।