आरजी कर मेडिकल कलेजका जुनियर डाक्टरको मृत्युको विरोधमा डीवाईएफआईद्वारा प्रदर्शन

IMG-20240810-WA0232

जलपाईगढी: आरजीकर मेडिकल कलेजकी जुनियर डाक्टरको मृत्युको विरोधमा डीवाईएफआईका कार्यकर्ताहरूले जलपाईगढीको बाबुपाडा क्षेत्रमा सडक अवरुद्ध गरे र दोषीलाई उचित सजायको माग गरे। डीवाईएफआईका नेता प्रदीप डेले उनको मृत्युको तत्काल र उचित छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। आज डीवाईएफआईका सयौं नेता कार्यकर्तासहित सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरे। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन डीवाईएफआईका नेताहरुले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement