अभिषेक र ऐश्वर्याको सम्बन्ध बारे यस्तो अफवाह

00-1-Abhishek-Aishwarya.jpeg

मुम्बई: अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन यतिबेला आफ्नो व्यक्तिगत सम्बन्धलाई लिएर चर्चामा छन्। अनन्त अम्बानीको विवाहपछि अहिले पेरिस ओलम्पिकको तस्वीर सार्वजनिक भएपछि यी दुईबीचको सम्बन्धमा चिसोपन आएको हल्लाले तीब्रता पाएको छ। अभिषेक र ऐश्वर्या सार्वजनिक कार्यक्रममा सँगै देखिँदैनन्, जसका कारण उनीहरुको सम्बन्धमा दरार आएको मानिसहरुले अनुमान गरेका छन्। तर, यसैबीच भाइरल भएको एउटा भिडियोले सबैलाई स्तब्ध बनाएको छ। यस भिडियोमा अभिषेकले ऐश्वर्यासँग डिभोर्स लिइरहेको बताइएको छ। भाइरल भइरहेको यो भिडियोलाई डीपफेक भनिएको छ। जसलाई एआई टुल्स मार्फत अभिषेकको भिडियोसँग भ्वाइस सिंक गरेर सिर्जना गरिएको हो। भिडियोमा अभिषेकले ऐश्वर्या र मैले यही जुलाईमा डिभोर्स गर्ने निर्णय गरेको बताएका छन्। तर, भिडियो हेरेपछि यो नक्कली र एआई उपकरणको सहयोगमा बनाइएको प्रष्ट हुन्छ। भिडियो र आवाज मिल्दैन। उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मानिसहरुले यस्ता अफवाह फैलाउनेहरुको कडा आलोचना गरिरहेका छन्। कतिपयले यस्ता व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement