सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर २४ मा आज एक युवकको अप्राकृतिक मृत्यु भएपछि सनसनी फैलिएको छ। घरभित्रै युवक झुण्डिएको अवस्थामा परिवारका सदस्यले देखेका थिए। पुलिस स्रोतका अनुसार मृत्यु हुने युवकको नाम राजु राय रहेको छ। उनको घर असममा रहेको समाचार घर छ। तर, उनको परिवारले यही वैशाखदेखि यही क्षेत्रमा भाडामा घर लिएका थिए, र उनी यही घरमा बस्दै आएका थिए। आज दिउँसो युवकले धेरै पटक फोन गर्दा पनि ढोका नखोल्दा दाज्युले ढोका तोडे। ढोका तोड्दा झुण्डिएको देखे। पुलिसलाई खबर गरेपछि सिलगढी थानाको पुलिसले शव बरामद गरी सिलगढी जिल्ला अस्पतालमा पठायो। उनको शव आइतबार पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पठाइनेछ।