हर्ली मेमोरियल कपःदलसिंगपाड़ा स्पोर्टस एकाडमी रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

photocollage_2024810194146210

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करणमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमीले भाह-तकभर फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल हेमराज भुजेलले ११औं मिनटमा गोल गरे। अब आइतवार खेलिने पहिलो सेमिफाइनलमा दार्जीलिङ पुलिस र हिमालश्री एथलेटिक क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल सोमवार दलसिंगपाड़ा स्पोर्टस एकाडमी र १०७ टेरिटोरियल आर्मी (टीए)-बीच खेलिनेछ। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement