कोचबिहार: अखण्ड भारत संकल्प दिवसको अवसरमा अगस्त १४ मा, अखिल भारती विद्यार्थी परिषदद्वारा कोचबिहारको मदन मोहन मन्दिर परिसरबाट एक विशाल जुलुसको आयोजना गरिनेछ। आज कोचबिहार प्रेस क्लबमा पत्रकार सम्मेलन गर्दै संगठनका सदस्यहरूले आज बंगलादेशको जुन अवस्था छ त्यो निकै चिन्ताजनक रहेको बताए। उनले भने, ‘युवा पुरै भ्रमित देखिन्छन्। त्यसैलाई ध्यानमा राखी भारतका युवामा देशको अखण्डता, सार्वभौमसत्ता र देशभक्तिको भावना जगाउने उद्देश्यले यो विशेष र्यालीको आयोजना गरिने भएको छ। हाम्रो उद्देश्य युवाहरूमा देशभक्तिको भावना जगाउनु हो, जसले गर्दा उनीहरूले बलियो राष्ट्र निर्माणमा योगदान दिन सकून्।‘